कर

निश्चित थ्रेसहोल्डभन्दा माथिको आम्दानी भएका जापानका सबै बासिन्दाले कर तिर्नुपर्छ । तपाईंको आयमा राष्ट्रिय कर र क्षेत्रीय कर लगाइनेछ।

Ajisai Call: ०९५-८२२-८८८८

जनवरी देखि डिसेम्बर ३१ सम्मको अवधिमा संकलन गरिएको एक वर्षको आम्दानीमा तपाईंलाई करलाग्नेछ।

आयकर (राष्ट्रिय कर)

कृपया ध्यान दिनुहोला, तपाईंको निवास स्थितिको आधारमा, तपाइँले जापान बाहिर गरेको आयमा पनि आयकर तिर्नुपर्ने हुन सक्छ।

नगरपालिका/ प्रिफेक्चरल कर (क्षेत्रगत कर)

उक्त वर्षको जेठ गतेसम्म नागासाकी सिटी ठेगाना भएका वासिन्दामा व्यक्तिगत नगरपालिका र प्रिफेक्चरल कर लगाइन्छ। अघिल्लो वर्षको अवधिमा तोकिएको न्यूनतम रकमभन्दा बढी आम्दानी भएको थियो (यसलाई "रेसिडेन्स ट्याक्स" पनि भनिन्छ)।

प्रत्येक वर्ष फागुन १६गतेदेखि माघ १५गतेसम्मकर घोषणा पत्र पेश गर्नु पर्ने ।

विवरणको लागि कर संकलन बिभागमा सम्पर्क गर्नुहोला ।

फोन: ०९५-८२९-११३०

*आफ्नो रोजगारदाताबाट मात्र आय आर्जन गर्ने र कर कार्यालयमा अन्तिम आयकर विवरण पेश गरिसकेका व्यक्तिहरुले कर घोषणा गर्नु नपर्ने ।

अन्य कर

• लाइट भेहिकल ट्याक्स (क्लास-बेस्ड ट्याक्स): असार गतेसम्म मोटरसाइकल , हलुका सवारी साधन (केई कार) आदि भएका व्यक्तिहरुमाथि लगाइएको

• लाइट भेहिकल ट्याक्स (Environmental Performance Tax) : तीन पाङ्ग्रे वा सो भन्दा बढीको हलुका सवारी साधन (केई कार) खरिद गरेका व्यक्तिहरुमाथि लगाइएको ।

• सवारी कर (क्लास-बेस्ड ट्याक्स): नियमित सवारीसाधन भएका व्यक्तिहरूमाथि लगाइएको

• सवारी साधन कर (Environmental Performance Tax) : स्टान्डर्ड गाडी खरिद गरेका व्यक्तिहरु माथि लगाइएको ।

• सम्पत्ति कर : नागासाकी शहर भित्र को जनवरी १तारिख सम्म जग्गा, सम्पत्ति वा मूल्यान योग्य सम्पत्ति भएका व्यक्तिहरु माथि लगाईएको ।

3-14-7 NARUTAKI, नागासाकी, जापान, 850-0011
chevron-down-circle