विशेष गरी, ठूलो संख्यामा मानिसहरू खचाखच भएको र मानिसहरू चर्को स्वरले कुरा गरिरहेको ठाउँ वा पार्टीहरूमा भाग नलिनुहोस्।
कुनै घटनामा भाग लिंदा र सँगै बसेर खानपान गर्दा संक्रमण रोकथामका लागि उचित उपायहरू अपनाइने कुरा पक्का गर्नुहोस्। जस्तै: अन्य व्यक्तिहरूबाट उपयुक्त दूरी कायम राख्ने, हात र औंलालाई सरसफाइ गर्ने, मास्क लगाउने र चर्को स्वरमा कुरा गर्नबाट रोक्ने।
यस्ता घटनाहरूको धार्मिक तथा सांस्कृतिक विशेषतालाई ध्यानमा राख्दै सडकमा वा धेरै मात्रामा वा राती अबेरसम्म रक्सी पिउनु पर्ने कार्यक्रमहरूमा भाग नलिनुहोस्।
आफ्नो आनन्द उठाउन सक्ने नयाँ तरिकाहरू विचार गर्नुहोस्। जस्तै: आफ्नो परिवारसित घरमा समय बिताउनुहोस् वा आफ्नो आवश्यकताअनुसार अनलाइन कार्यक्रमहरूमा भाग लिनुहोस्।